Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
झुट्टा प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षक थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर – Lekhanpeeth

झुट्टा प्रमाणपत्र पेश गरी जागिर खाने शिक्षक थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक मञ्जु कुमारी थापा ९ओझा० विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शिक्षक नियुक्ति हुँदा शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरेको आरोपमा नुवाकोटको कन्या देवी आधारभूत विद्यालयका प्रावि तृतीय शिक्षक थापाविरुद्ध मुद्दा दायर गरिएको हो ।

 

२०७५ चैत २९ गते कन्या देवी आधारभूत विद्यालयमा स्थायी नियुक्ति हुनका लागि विहार संस्कृत शिक्षा बोर्ड, भारतबाट मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको हैसियतमा लाभ लिई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ ।

 

थापालाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा ९२० तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

Share: