Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हृदयघातका कारण सुवासचन्द्र नेम्बाङको निधन – Lekhanpeeth

हृदयघातका कारण सुवासचन्द्र नेम्बाङको निधन

247
0
Share:

काठमान्डौ/संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। मध्य राति हृदयाघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज लैजाने क्रममा निधन भएको अस्पताल स्रोतले बताएको छ ।

 

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू राति नै अस्पताल पुगेका थिए ।

 

पूर्व सभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । ७१ वर्षीय नेम्वाङ नेकपा एमाले संसदीय दलको उपनेता समेत रहेका थिए ।

Share: