नेम्वाङको निधनले मर्माहत भएको छु : प्रधानमन्त्री ‘प्रचण्ड’

106
0
Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् ।

 

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवङ्गत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

 

गए राति १ बजे हृदयाघात भएपछि त्रिवि शिक्षण अस्पताल लगिएका नेम्वाङलाई चिकित्सकहरूले मृत घोषित गरेका थिए ।

Share: