राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि, दुई छोराहरूले दिए दागबत्ती

231
0
Share:

काठमान्डौ/संविधानसभा अध्यक्ष, नेकपा ९एमाले०का दिवंगत उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

 

नेम्वाङको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिएका छन् । जेठो छोरा मेङ्सो र कान्छा छोरा सुहाङले दागबत्ती दिएका हुन् । नेपाली सेनाको एक टुकडीले नेम्वाङप्रति सलामी अर्पण गरेको थियो । गएको मंगलबार बिहान हृदयाघातबाट उनको निधन भएको थियो ।

 

त्यसअघि, नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएका थिए । सभामुख, पूर्वसभामुख, मन्त्रीहरू, नेता–कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Share: