Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिवबीच भेट – Lekhanpeeth

परराष्ट्रमन्त्री साउद र राष्ट्रसंघका उपमहासचिवबीच भेट

268
0
Share:

काठमान्डौ/संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क आएका परराष्ट्रमन्त्री एनपी साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसंघीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेटघाट भएको छ ।

 

आइतबार सम्पन्न सो भेटको उनीहरुबीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसंघका लागि नेपाली नियोगले जनाएको छ । साथै शान्ति स्थापनाका लागि खेल्नुपर्ने विभिन्न मुद्दाहरूमा छलफल भएको बताइएको छ ।

 

भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रसंघका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत सहभागी थिए ।

Share: