Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठी – Lekhanpeeth

नेम्वाङको स्मृतिमा आज सातै प्रदेशमा विचार गोष्ठी

299
0
Share:

काठमान्डौ/नेकपा एमालेले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज सातै प्रदेशभर विचार गोष्ठी गर्दै छ । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न राजनीतिक दलका नेताहरूलाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिएको छ ।

 

कार्यक्रम तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहल च्यासलमा मध्याह्न साढे १२ बजेदेखि सुरु हुनेछ । विचार गोष्ठीलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् भने अन्य ६ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका केन्द्रीय उपाध्यक्षहरू सहभागी हुनेछन् ।

 

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्तीसहित सहभागी हुने तय भएको छ । यसैगरी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे, संविधानविद् नीलाम्बर आचार्य पनि उपस्थित हुने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जानकारी दिए ।

 

मधेस प्रदेशको जनकपुरमा हुने गोष्ठीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कोसीको इलाममा रामबहादुर थापा ‘बादल’, लुम्बिनीमा युवराज ज्ञवाली, गण्डकीमा अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिममा विष्णुप्रसाद पौडेल र कर्णालीमा सुरेन्द्र पाण्डे प्रमुख वक्ता रहने एमालेले जनाएको छ ।

Share: