टुँडिखेलमा संविधान दिवस [फोटो फिचर]

Share:

काठमान्डौ/काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहबीच सरकारले संविधान दिवस मनाएको हो । समारोहमा शान्तिको प्रतीक परेवा उडाइएको थियो । हेलिकोप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए ।

 

संविधानसभाबाट नयाँ संविधान जारी भएको बुधबार आठ वर्ष पूरा भएको छ । ०७२ असोज ३ गते संविधानसभाबाट संघीयतासहितको संविधान जारी गरिएको थियो । त्यसपछि हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसका रूपमा मनाइँदै आएको छ ।

 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत व्यक्ति सहभागी भए ।

 

Share: