Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
मिटरब्याजका ४ हजार उजुरीमा मिलापत्र, ५५ जना साहूविरुद्ध मुद्दा – Lekhanpeeth

मिटरब्याजका ४ हजार उजुरीमा मिलापत्र, ५५ जना साहूविरुद्ध मुद्दा

347
0
Share:

काठमान्डौ/मिटरब्याजीविरूद्ध परेको २६ हजार उजुरीमध्ये ४ हजार उजुरीमा मिलापत्र भएको छ। मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगका अनुसार ऋणी र साहुकारबीच आपसी सहमतिमा ४ हजार ६६ उजुरीमा मिलापत्र भएको हो।

आपसी सहमतिमा मिलापत्र गर्न निवेदन फिर्ता लिएको, निवेदकले निवेदन फिर्ता लिएको, लिनदिन नपर्ने गरी मिलापत्र भएको, अदालतमा मुद्दा रहेको तथा फैसला समेत भइसकेको, जग्गा खरिद विक्री सम्बन्धी कारोबार भएको देखिएको, साहुद्वारा मिनाहा गरिएका आधारमा मिलापत्र गराइएको आयोगले जनाएको छ ।

 

आयोगका अनुसार मिलापत्र भएका ४ हजार ६६ जना ऋणीले उजुरीमा ७ अर्ब ४८ करोड ८० लाख रुपैयाँ साहुबाट असुल हुन बाँकी रहेको उल्लेख गरेका थिए।अनुसन्धानको क्रममा ऋणी र साहुबीच ५ अर्ब ४ करोड २६ लाख रुपैयाँ लेनदेन भएको देखिएको छ।

 

पीडितहरूले लिखित कारोबार भन्दा साहुबाट २ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ बढी माग गरेकामा १ अर्ब ३३ करोड ९४ लाख रुपैयाँमा मिलापत्र गरिएको बताएको छ । सहमतिअनुसार १७३ बिघा १९ कठ्ठा ६५८ कित्ता जग्गा साहुबाट निवेदकलाई फिर्ता गराइएको छ।

 

आयोगले गत साउन १२ गते अनुचित लेनदेनलाई अपराध घोषणा गरी मुलुकी अपराध संहितामा संशोधन भएपछि ५५ साहूविरुद्ध मुद्दा परेको छ।

Share: