तालमा डुबेर बैंक कर्मचारीको मृत्यु

Share:

काठमान्डौ/चितवनमा तालमा डुबेर एक जनाको ज्यान गएको छ । माडी नगरपालिकामा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर भरतपुर महानगरपालिकास्थित नेपाल एसबिआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिनाको मृत्यु भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा डुबेका थिए । दिउँसो नुहाउने क्रममा बेपत्ता भएका उनको शव साँझ भेटिएको थियो ।

Share: