Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन – Lekhanpeeth

राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन

315
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरधाममा नागरिक अभिनन्दन गरिएको छ । जनकपुरधामका मेयर मनोज साहले राष्ट्रपति पौडेललाई अभिनन्दन पत्र प्रदान गरेका हुन् । जानकी मन्दिरमा पूजापाठ र महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको समुद्घाटन गर्न आएका राष्ट्रपति पौडेललाई जनकपुरधाम उपमहानगरपालिकाको आयोजनामा नागरिक अभिनन्दन गरिएको छ ।

 

राष्ट्रपति पौडेललाई प्रदान गरिएको अभिनन्दन पत्रमा मैथली भाषा प्रयोग गरिएको छ । राष्ट्रपति पौडेललाई भगवान् रामसँग तुलना गर्दै अभिनन्दन पत्रमा भनिएको छ, ‘त्रेतायुगमा भगवान् राम जनकपुरधाम आएपछि नगरबासी जसरी हर्ष विभोर भएका थिए । त्यस्तै तपाईँको आगमनले जनकपुरबासीलाई हर्ष विभोर भएका छन् ।’

 

यस्तै, संविधानमा हरेक नेपाली नागरिकलाई नागरिकता दिने अधिकार उल्लेख भएपनि कानून निर्माणको अभावमा लाखौँ नेपाली नागरिकताबाट वञ्चित रहेको अवस्थामा राष्ट्रपतिमा निर्वाचित भएलगत्तै नागरिकता विधेयक प्रमाणीकरण गरी ठूलो समस्या समाधान गरेकोमा पनि उनको प्रशंसा गरिएको छ ।

 

देश र लोकतन्त्रका लागि पुर्‍याएको योगदानको कदर गर्दै राष्ट्रपति पौडेललाई मधेशका मुख्यमंत्री सरोज कुमार यादव, नेकपा एमालेकी नेतृ जुली महतो, काँग्रेस नेता विमलेन्द्र निधी, जनकपुरधामका पूर्व मेयर बजरङ्ग प्रसाद साह लगायतले अभिनन्दन गरेका छन् ।

 

नागरिक अभिनन्दनका क्रममा जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा पार्नका लागि आवश्यक पहल गर्न पनि राष्ट्रपति पौडेलसँग आग्रह गरिएको छ ।

Share: