हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइयो [तस्बिरहरु]

180
0
Share:

काठमान्डौ/यँया पुन्हीका अवसरमा हनुमानढोकाको कालभैरव अगाडि परम्परानुसार विधिपूर्वक लिङ्गो ठड्याइएको छ । नेपाल भाषामा यसलाई योसिँ स्वाय्गु भनिन्छ ।

 

अ यँलाथ्व अर्थात् मंगलबार भाद्रशुक्ल द्वादशीका दिन इन्द्रध्वजोत्थानसँगै विधिवत् रूपमा इन्द्रजात्रा (यँया) सुरु भएको हो । यँलाथ्व अष्टमीका दिन भोटाहिटीबाट ‘योसिँ’ (लिङ्गो) तानेर तलेजु मन्दिर अगाडि सिंध्वाकामा ल्याइएको लिङ्गो मंगलबार १०:३७ बजेको साइतमा ठड्याइएको हो ।

 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुरुप केन्द्रीय मानन्धर सङ्घको टोली भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जङ्गलबाट लिङ्गो काटेर ल्याउने प्रचलन छ ।

Share: