
काठमान्डौ/राष्ट्रिय फुटबल टिमका प्रमुख फरवार्ड विमल घर्ती मगर अस्ट्रेलिया उडेका छन् । लामो समयदेखि राष्ट्रिय टोलीका सदस्य रहेका र राम्रो सम्भावना बोकेका विमल शुक्रबार (आज) अस्ट्रेलिया गएका हुन् ।
पछिल्लो वर्षहरूमा राष्ट्रिय टिमका प्रमुख सदस्यको रुपमा खेलिरहेकासँगै अन्य फुटबल खेलाडी समेत गरि ४० भन्दा बढी फुटबल खेलाडी अस्ट्रेलिया पलायन भइसकेका छन् । एन्फा एकेडेमीकै उत्पादन विमलले गत सिजन मच्छिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका थिए ।