
काठमान्डौ/साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार (आज) पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला आज प्रतितोला तीन हजार चार सय सय रुपैयाँ घटेर एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।
बिहीबार प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रुपैयाँ बढेको हो।