Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमाले कर्णाली प्रदेशको नेतृत्वका लागि आज मतदान हुँदै – Lekhanpeeth

एमाले कर्णाली प्रदेशको नेतृत्वका लागि आज मतदान हुँदै

Share:

काठमान्डौ/नेकपा एमाले कर्णाली प्रदेशको निर्वाचन प्रक्रिया आज बिहान ८ बजेबाट सुरु हुने भएको छ । शनिबार बेलुकी ६ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने भनिए पनि व्यवस्थापनको अभावका कारण मतदान प्रक्रिया अगाडि बढ्न नसकेपछि आज मात्र मतदान हुने भएको हो ।

 

बुधबारबाट जारी अधिवेशन अन्तर्गत शनिबार बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको अन्तिम नामावली साँझ ५ बजेमात्रै प्रकाशित भएको थियो । निर्वाचन समितिले मतपत्र छपाई लगायतका व्यवस्थापकीय बाटोमा तदारुकता नदेखाउँदा निर्वाचन प्रक्रिया लम्बिएको हो ।

अध्यक्ष मण्डलका अध्यक्ष समेत रहेका एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले आज बिहान ८ बजेबाट मतदान सुरु हुने जानकारी दिए । कर्णालीमा अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

 

कर्णाली प्रदेशसभा पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

 

प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमाले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो । प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिएका थिए । तर नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको हो ।

 

एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित एक सय ३५ सदस्य चयन गर्नेछ ।

Share: