बढेको ग्याससहित पेट्रोलियम पदार्थको मूल्य आज रातिदेखि घट्ने

Share:

काठमान्डौ/नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरि बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । चाडबाड नजिकिइरहेको बेला निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्ध गरेको चर्को आलोचना भएपछि सरकारले मूल्य घटाउनका लागि निगमलाई निर्देशन दिएको थियो ।

 

आयोगले स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी मूल्यवृद्धि फिर्ता लिने निर्णय गरेको जनाएको छ ।

 

मूल्यवृद्धि फिर्ता आइतबार राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । यसअघि निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

May be an image of text that says 'सहजता, बुदता नेपाल संवात आाबल लागटडका लिमिटेड निज्प्ति मिति: २०६०/०६/१४ नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि २०५० तथा परिवर्तित मूल्यमा मूल्य अभिवृद्धि करसहित समायोजन गरी मिति २०६०/०६/१४ गतेदेखि पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्विवाट नजिकिंदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई घ्यानमां राखी सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल 'प्रचण्ड' वाट निर्देशन भएवमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुने गरी हाल भएको मूल्य वृद्धिलाई मूल्य स्थिरिकरण कोप तथा नेपाल सरकारवाट प्राप्त हुने रकमवाट समायोजन गर्ने गरी मूल्यवृद्धि गर्ने निर्णय आजै राति २:०० बजेबाट लागू हुने गरी फिर्ता गरिएको व्यहोरा जानकारी गराइन्छ। धन्यवाद्। mലl്i प्रवंक्ता नेपाल आयल'

Share: