
काठमान्डौ/सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तलकोट आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको हो ।