Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुई बहिनीलाई सर्पले डस्दा, एकको मृत्यु – Lekhanpeeth

दुई बहिनीलाई सर्पले डस्दा, एकको मृत्यु

Share:

काठमान्डौ/कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ भलवाड जिनुवामा एकै परिवारका दुई दिदीबहिनीलाई सर्पले डस्दा एक जनाको मृत्यु भएको छ ।

 

सर्पदंशका कारण एक जनाको अवस्था गम्भीर छ । जिनुवास्थित मोतिलाल क्षेत्रीका छोरी ३ वर्षीया रीतिका क्षेत्री र ८ वर्षीया इशिका क्षेत्रीलाई मङ्गलबार राति सर्पले डसेको हो ।

 

गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा तीन वर्षीया रीतिकाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना नेत्रबहादुर रानाले जानकारी दिए । भैरहवा मेडिकल कलेजमा इशिकाको उपचार भइरहेको छ ।

Share: