Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ब्राजिलमा दुई छुट्टाछुट्टै गोलीकाण्डमा नौको मृत्यु – Lekhanpeeth

ब्राजिलमा दुई छुट्टाछुट्टै गोलीकाण्डमा नौको मृत्यु

324
0
Share:

काठमान्डौ/रियो दि जेनेरियो र बाह्य राज्यमा बिहीबार भएका दुई छुट्टाछुट्टै गोलीकाण्डमा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।रियो दि जेनेरियोमा बिहिबार बिहान बारा दा तिजुकाको पर्यटकीय समुद्री तटमा तीन जना चिकित्सकको गोली हानी हत्या गरिएको थियो ।

 

समाचारअनुसार कारमा आएका तीन जना बन्दुकधारीले बाहिर निस्केर उनीहरूलाई गोली हानेका थिए । घटनामा तीन जनाको मुत्यु भयो अन्य एक जना घाइते भएका । आक्रमणकारीले एक जना चिकित्सकलाई भने स्थानीय मिलिसियाको सदस्य रहेको आशङ्कामा गोली हानेको हुन सक्ने बताइएको छ ।

 

यसैबीच एक गर्भवती र एक पाँच वर्षीय बालिकासहित एकै परिवारका छ सदस्यको पनि गोली हानी हत्या गरिएको छ । बिहीबार बिहान दक्षिण बायिहाको जेकी नगरपालिकास्थित उनीहरूको घरमा आक्रमण गरी बन्दुकधारीले गोली हानेको बताइएको छ ।

 

एक लाखको बसोबास रहेको सहरहरूमध्येको जेकी गत वर्ष ब्राजिलको सबैभन्दा हिंसात्मक सहर भएको थियो । त्यहाँ गत वर्ष प्रति एक लाख मानिसमा ८८ दशमालव आठ जनाको हिंसाबाट मृत्यु भएको थियो ।

Share: