Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपालगञ्जमा आज पनि निषेधाज्ञा जारी – Lekhanpeeth

नेपालगञ्जमा आज पनि निषेधाज्ञा जारी

Share:

काठमान्डौ/नेपालगञ्जमा दिउँसो निषेधाज्ञा र राति कर्फ्यूको क्रम जारी छ। आज बिहान ९ बजेदेखि बेलुकी ८ बजेसम्म निषेधाज्ञा लगाएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए । बेलुकी ८ बजेदेखि आइतबार बिहान ४ बजेसम्म भने कर्फ्यू कायम रहने उनले जानकारी दिए।

 

निषेधाज्ञाका वेला कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक र प्रदर्शन गर्न वा पोस्टर, पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न पाइने छैन। यस्तै हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन पाइने छैन।

 

जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न एवं मानव अधिकारको सम्मान गर्न सबैलाई प्रशासनले अनुरोध गरेको छ।

 

Share: