Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते – Lekhanpeeth

सवारी दुर्घटनामा एकको मृत्यु, एक घाइते

Share:

काठमान्डौ/मकवानपुरमा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

 

आज बिहान त्रिभुवनराजपथ सडकखण्डमा वीरगञ्जबाट काठमान्डौ आउँदै गरेको ना ६ख ३९८७ नंको कन्टेनर मकवानपुरको थाहा नगरपालिका–१ कुन्छालस्थित सडकमा दुर्घटना हुँदा चालक नुवाकोटको बेलकोट–५ का ४२ वर्षीय दीप श्रेष्ठको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

 

कन्टेनर मोडमा आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको थियो । मृतक श्रेष्ठको शवपरीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेको प्रवक्ता भण्डारीले बताए ।

 

त्यस्तै आज हेटाैँडा–१८ ठूलोदमार चौक नजिकै अटोले स्थानीय सानुबाबु ब्लोनको छोरा ४ वर्षीय सन ब्लोनलाई ठक्कर दिँदा ब्लोन गम्भीर घाइते भएका छन् । घाइते ब्लोनलाई उपचारका लागि हेटौँडा अस्पतालबाट चितवन पठाएको प्रवक्ता भण्डारीले जानकारी दिए । उनका अनुसार बालकको टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि चितवन पठाइएको हो ।

Share: