Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
देश बनाउन दलहरुबीचको एकता हुनुपर्ने – Lekhanpeeth

देश बनाउन दलहरुबीचको एकता हुनुपर्ने

271
0
Share:

काठमान्डौ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देशलाई विकासको बाटोमा अघि बढाउन सबै राजनीतिक दलबीचको एकता हुनुपर्नेमा जोड दिएका छन्।

 

राप्रपा ललितपुर जिल्ला कार्यसमितिद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष थापाले राजनीतिक दलबीच एकता नहुँदा देशले विकासको गति लिन नसकेको बताउँदै भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यका निम्ति पनि दलीय एकता आवश्यक भएको उल्लेख गरे । उनले राजनीतिक दलका नेताहरूले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको निम्ति काम गर्नुपर्नेमा जोड दिए ।

Share: