Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इजरायलका नेपालीबारे गृहमन्त्री श्रेष्ठद्वारा चासो व्यक्त – Lekhanpeeth

इजरायलका नेपालीबारे गृहमन्त्री श्रेष्ठद्वारा चासो व्यक्त

335
0
Share:

काठमान्डौ/उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले इजरायलमा रहेका नेपालीको अवस्थाप्रति चासो व्यक्त गरेका छन् । शनिबार प्यालेस्टाइनी लडाकु समूह हमास र इजरायली सेनाबीच भिडन्त भएपछि त्यहाँ रहेका नेपालीको अवस्थाप्रति मन्त्री श्रेष्ठले चासो व्यक्त गरेका हुन् ।

 

श्रेष्ठले आइतबार इजरायलस्थित नेपाली राजदूत कान्ता रिजाल र नेपालस्थित इजरायली राजदूत ह्यानन गदरलाई सम्पर्क गरी फसेका नेपालीको अवस्था र उद्धारबारे जानकारी लिएका हुन् । गाजा क्षेत्रमा केही नेपाली घाइते र बन्धक भएको समाचार सार्वजनिक भएसँगै मन्त्री श्रेष्ठले उनीहरू र इजरायलमा रहेका सबै नेपालीको खानपान, बसोबास, उपचार र सुरक्षाबारे चासो लिएका हुन् ।

 

नेपाली राजदूत रिजालले घाइते एवम् युद्धक्षेत्रमा फसेका नेपालीको विवरण लिने तथा उपचार र उद्धारको पहल गर्ने काम भइरहेको बताए । त्यस्तै इजरायली राजदूत गदरले नेपालीहरूलाई युद्धको प्रभाव पर्न नदिन गम्भीर सचेतता अपनाइने बताए ।

Share: