Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चीनको सिशापाङ हिमपहिरोमा आरोही तेञ्जेन शेर्पा बेपत्ता – Lekhanpeeth

चीनको सिशापाङ हिमपहिरोमा आरोही तेञ्जेन शेर्पा बेपत्ता

395
0
Share:

काठमान्डौ/चीनको सिशापाङ हिमाल (८,०२७ मि) आरोहणका क्रममा गएको हिमपहिरोमा विश्व कीर्तिमानी आरोही तथा पथप्रदर्शक तेञ्जेन शेर्पा (लामा) बेपत्ता भएका छन् ।

 

विश्वका १४ अग्ला हिमालमध्ये चीनको तिब्बतमा रहेको १४औँ अग्लो सिशापाङ हिमालमा गत शनिबार गएको हिमपहिरोमा उहाँसँगै अमेरिकी नागरिक गिना मारी रुजकिल्डो पनि बेपत्ता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

 

मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै यही असोज २० गते गएको हिमपहिरोमा परी दुवैको अवस्था हालसम्म अज्ञात रहेको जनाएको छ । ‘उक्त हिमपहिरोमा परी कर्मा ग्याल्जेन शेर्पा, मित्रबहादुर तामा र कामिरीता शेर्पा गम्भीररुपमा घाइते भएका जानकारी प्राप्त भएको छ’, मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

हराइरहेकाको खोज तथा उद्धारका लागि मन्त्रालयले आवश्यक पहल गरिरहेको र केहीलाई उद्धार गरी उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ । अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त एवं विश्व रेकर्ड राख्न सफल आरोही र शेर्पाको मृत्यु भएको तथा अज्ञात अवस्थाको खबरले मन्त्रालय र सिङ्गो पर्वतारोहण क्षेत्र स्तब्ध भएको विज्ञप्ती मा उल्लेख गरिएको छ ।

 

नेपाल पर्वतारोहण सङ्घ र नेपाली पर्वतारोहण सञ्चालक कम्पनीका अनुसार असोज २० गते बिहान करिब ११ बजे आरोही गाइड मिमार शेर्पा र अमेरिकी नागरिक अन्ना गुटुको हिमपहिरोका कारण बेपत्ता भएकामा सोही दिन दुवै जनाको मृत शरीर भेटिएको मन्त्रालयले जनाएको छ ।

Share: