सुन्धाराको गेस्ट हाउसमा एक युवती मृत फेला

276
0
Share:

काठमान्डौ/ काठमान्डौको सुन्धारास्थित श्री गुरु गेस्ट हाउसमा एक युवती मृत फेला परेकी छन् ।

 

प्रहरी वृत्त जनसेवाका अनुसार ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी हुन् । वृत्तका प्रमुख डीएसपी भेषराज रिजालले कोठाभित्र विषादीको बट्टासमेत फेला परेको जानकारी दिए ।

 

उनले आत्महत्या गरेको आशंका प्रहरीको छ ।

Share: