Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बानेश्वर नजिकै बागमती किनारमा युवकको शव – Lekhanpeeth

बानेश्वर नजिकै बागमती किनारमा युवकको शव

Share:

काठमान्डौ/काठमान्डौ महानगरपालिका–३१ बानेश्वरस्थित तरकारी बजार अगाडि बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ ।

 

महानगरपालिकाको वडानं १० शङ्खमूल निवासी २० वर्षीय विकाश महरा मृत अवस्थामा भेटिएका काठमान्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले राससलाई जानकारी दिए।उनका अनुसार निजको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर थान एक, टिकटिके मोबाइल थान एक फेला परेको र निज लागुऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Share: