Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
राष्ट्रपति समक्ष तीन आयोगको वार्षिक प्रतिवेदन पेस – Lekhanpeeth

राष्ट्रपति समक्ष तीन आयोगको वार्षिक प्रतिवेदन पेस

401
0
Share:

काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न तीन संवैधानिक आयोगको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै समारोहमा लोक सेवा आयोग, भाषा आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस भएको हो ।

 

लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले ६४औँ वार्षिक प्रतिवेदन, भाषा आयोगका अध्यक्ष डा। गोपाल ठाकुरले सातौँ वार्षिक प्रतिवेदन र वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले आव २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरे ।

Share: