
काठमान्डौ/चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।
चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको हो। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन्।
सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।