Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इजरायलबाट थप १९ नेपालीको उद्धार – Lekhanpeeth

इजरायलबाट थप १९ नेपालीको उद्धार

371
0
Share:

काठमान्डौ/इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।

 

यसअघि नेपाल सरकारले काठमाडौँबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरूलाई स्वदेश ल्याएको थियो । परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत थप १९ नेपालीको उद्धार गरिएको जानकारी दिए। ‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ,’ उनले भने ।

 

मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए ।

 

नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ। कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरेको छ ।

Share: