Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पार्टी फेरेपछि मौलापुुर नगरपालिकाकी प्रमुख रिना साह पदमुक्त – Lekhanpeeth

पार्टी फेरेपछि मौलापुुर नगरपालिकाकी प्रमुख रिना साह पदमुक्त

256
0
Share:

काठमान्डौ/रौतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी शाह पदमुक्त भएकी छन् । नेकपा (एमाले)बाट निर्वाचित शाह अरु नै दलमा प्रवेश गरेकाले उनी पदमुक्त भएको निर्वाचन आयोगले जनाएको छ ।

 

‘स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका रौतहट जिल्ला, मौलापुर नगरपालिकाका नगर प्रमुख रिनाकुमारी साह अन्य दलमा प्रवेश गरेको भनी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक राजनीतिक दलको केन्द्रीय समितिको निर्णयको प्रतिलिपिसहित आयोगमा जानकारी प्राप्त हुन आएकोले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम निज निर्वाचित भएको पद स्वतः रिक्त भएको सूचना राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्ने र सोही नियमको उपनियम (३) बमोजिम सूचना प्रकाशन भएपछि त्यस्ता सदस्यको पद स्वतः रिक्त हुने भनी आयोगबाट मिति २०८०/०६/२९ गते निर्णय भएको हुँदा यो सूचना प्रकाशन गरिएको छ,’ गोरखापत्रमा प्रकाशित आयोगको सूचनामा भनिएको छ ।

 

उनी प्रभु साह नेतृत्वको आम जनता पार्टीमा प्रवेश गरेकी थिइन् ।

Share: