Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
इजरायलबाट उद्धार गरिएका १९ जना दिल्ली आइपुगे – Lekhanpeeth

इजरायलबाट उद्धार गरिएका १९ जना दिल्ली आइपुगे

262
0
Share:

काठमान्डौ/भारतको स्पाइस जेटमार्फत इजरायलबाट उद्धार गरिएका १९ जना नेपाली दिल्ली आइपुगेका छन् । नेपाली दूतावासको समन्वयमा ४ जना विद्यार्थीसहित १९ जना दिल्ली आइपुगेका हुन् ।

 

उनीहरूमध्ये केहीलाई बसबाट महेन्द्रनगर हुँदै घर जाने व्यवस्था गरिएको छ, भने केहीलाई प्लेनमार्फत काठमाडौं ल्याउने तयारी गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि ४ जना विद्यार्थी निकै टाढा भएका कारण उद्धारको क्रममा छुटेका थिए ।

 

सरकारले शव ल्याउने प्रयास पनि भइरहेको जनाएको छ । अहिलेसम्म ५ जनाको शव इजरायल सरकारले नेपाली दूतावासलाई बुझाइसकेको छ ।

Share: