Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बारामा बस दुर्घटना : एक जनाको मृत्यु, १० जना घाइते – Lekhanpeeth

बारामा बस दुर्घटना : एक जनाको मृत्यु, १० जना घाइते

332
0
Share:

काठमान्डौ/बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ स्थित सिमरा चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ५१ जना सवार यात्रुवाहक बस दुर्घटनामा हुँदा भारत मोतिहारी घर भइ वीरगञ्ज बस्ने २७ वर्षका मुकेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बसमा सवार अन्य घाइते १० जनाको घाइते भएका छन् । उनीहरूको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

भरतपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस गएराति करिब १२ बजे सिमराचोकमा दुर्घटना भएको हो । विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भएर बस सडकको पोलमा ठोक्किएको प्रहरीले जनाएको छ ।

Share: