Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बंगलादेशकी साइमा बनिन् डब्ल्युएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रीय निर्देशक – Lekhanpeeth

बंगलादेशकी साइमा बनिन् डब्ल्युएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रीय निर्देशक

350
0
Share:

काठमान्डौ/बंगलादेशकी साइमा वाजेद विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को दक्षिण–पूर्वी एशियाको क्षेत्रीय निर्देशक भएकी छन्। बुधबार नयाँ दिल्लीमा बसेको ७६औँ बैठकमा सदस्यहरूले मतदान गरी वाजेदलाई सङ्गठनको दक्षिण एशियाली क्षेत्रीय निर्देशक चुनेको हो।

 

बङ्गलादेश, भुटान, दक्षिण कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, नेपाल, श्रीलङ्का, थाइल्यान्ड र टिमोर-लिस्टेले मतदानमा भाग लिएको थियो। म्यानमारले उक्त बैठकमा सहभागी भएन।साइमाले ८ मत प्राप्त गरेका थिए। नेपालको तर्फबाट डा। शम्भुप्रसाद आचार्य पनि उम्मेदवार भएका थिए। उनले जम्मा दुई मत प्राप्त गरेको ढाका टर्बाइनले जनाएको छ।

 

साइमाको नियुक्तिको लागि सन् २०२४ जनवरी २२-२७ मा स्विट्जरल्याण्डमा हुने डब्ल्युएचओको बोर्डको बैठकमा पेश गरिनेछ। उनले सन् २०२४ फेब्रुअरी १ मा कार्यभार सम्हाल्नेछन्। उनको पाँच वर्षका लागि कार्यकाल रहनेछ।

 

साइमा बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्।

Share: