Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेताहरुले देश बेच्न खोजे, मैले कसैले अपमान गरेको छैन : बालेन – Lekhanpeeth

नेताहरुले देश बेच्न खोजे, मैले कसैले अपमान गरेको छैन : बालेन

361
0
Share:

काठमान्डौ/महानगरपालिकाका मेयर बालेन साहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

 

उनले भनेका छन्, ‘नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नुभएको तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईँहरूले पूरै देश बेच्नुभयो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।’

 

मंगलबार काठमाडौँमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत् आफूले कसैको अपमान नगरेको बताएका हुन् ।

Share: