Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल ओमनसँग पाँच रनले पराजित – Lekhanpeeth

नेपाल ओमनसँग पाँच रनले पराजित

296
0
Share:

काठमान्डौ/आइसिसी टी-२० विश्वकप छनोट अन्तर्गत बिहीबारको खेलमा नेपाल ओमनसँग पाँच रनले पराजित भएको छ।

 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमनले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १४० रनमै समेटिएको हो। नेपालका लागि कुशल भुर्तेलले २६, सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोराले १२-१२ तथा कुशल मल्लले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्।

 

ओमनका लागि सकील अहमद, मेहरन खान र अकिब इलयासले दुई-दुई तथा बिलाल खान र जीसम मक्सूदले एक-एक विकेट लिए। यसअघि ब्याटिङ गरेको ओमनले नौ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। ओमनका लागि जीसम मक्सूदले ३२, नसिम खुशीले २५, प्रतिक अथवालेले २४, सकील अहमदले २२ र आयान खानले १८ रन बनाए।

 

नेपालका लागि करण केसीले तीन, सोमपाल कामी र सन्दीप लामिछानेले दुई-दुई तथा गुल्सन झा र अविनाश बोहराले एक-एक विकेट लिए। यससँग ओमन समूह ‘ए’को शीर्षस्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका छन्।

Share: