सर्वोच्चको आदेश लगत्तै पक्राउ परे ‘रिगल’

Share:

काठमान्डौ/राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बाँकेको नेपालगन्जबाट पक्राउ गरेको हो ।

 

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो । आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

 

चेतन मानन्धरको हत्या आरोपमा जेल सजाय भोगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवशको अवसरमा आममाफी दिएका थिए ।

Share: