टी-२० विश्वकप छनोट : नेपालले आज यूएईसँग खेल्दै

267
0
Share:

काठमान्डौ/आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी-२० विश्व कप खेल्न पाउनेछ ।

 

नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । नेपाल सन् २०२१ को छनोट खेलमा यूएईसँग ६८ रनले पराजित हुँदै विश्व कप पुग्न सकेको थिएन ।

 

नेपाल र यूएईबीच ८ वटा टी-२० खेल भएका छन् । जसमा नेपाल ४ खेलमा विजयी हुँदा ४ खेलमा पराजित भएको छ । नेपालले समूह चरणमा सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो तर हिजो भएको खेलमा ओमानसँग ५ रनले पराजित भएको थियो ।

Share: