Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जाजरकोट भूकम्पमा मृत्यु भएका परिवारलाई सरकारले तत्काल दुई लाख रुपैयाँ दिने – Lekhanpeeth

जाजरकोट भूकम्पमा मृत्यु भएका परिवारलाई सरकारले तत्काल दुई लाख रुपैयाँ दिने

Share:

काठमान्डौ/जाजरकोट भूकम्पमा मृत्यु हुने प्रतिपरिवारलाई सरकारले दुई लाख रुपैयाँ राहत दिने भएको छ।

 

आइतबार बिहान सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले मृतक परिवारलाई राहत रकम दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

 

‘तत्काललाई प्रति मृतक परिवारलाई दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भनिन्। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले भूकम्पमा घाइते भएकाको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ।

Share: