Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ग्लोबल आइएमईको डेपुटी सीईओमा सुमन पोखरेल नियुक्त – Lekhanpeeth

ग्लोबल आइएमईको डेपुटी सीईओमा सुमन पोखरेल नियुक्त

240
0
Share:

काठमान्डौ/ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सुमन पोखरेल नियुक्त भएका छन्। हिजो आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

 

पोखरेलसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव रहेका पोखरेलले आजैदेखि कार्यभार सम्हालेका छन्।

 

वित्तीय संस्थाहरूको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकको रूपमा स्थापित पोखरेल यस अघि आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षको भूमिकामा रही कार्य सम्पादन गरिसकेका छन्।

Share: