Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेकपा एसले दियो प्रधानमन्त्रीलाई २५ लाखको चेक – Lekhanpeeth

नेकपा एसले दियो प्रधानमन्त्रीलाई २५ लाखको चेक

284
0
Share:

काठमान्डौ/नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ दिएको छ। आज बिहान बालुवाटारमा पुगेर एसका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

 

जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवं राहतका लागि चेक हस्तान्तरण गर्न नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसालसहितका नेताहरू बालुवाटार पुगेका थिए।

 

सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले कार्यकर्ताबाट आर्थिक सङ्कलन गरेर सरकारको केन्द्रीय राहत कोषमा २५ लाख जम्मा गर्ने निर्णय गरेको थियो। पार्टीका मन्त्री, सांसद र जनप्रतिनिधि एवं राजनीतिक नियुक्तिमा गएकाहरूबाट १५ दिनको पारिश्रमिक पार्टी कोषमा जम्मा गर्न निर्देशन दिएका थिए।

 

गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेको छ। भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा हालसम्म ८२ जना बालबालिकाको मृत्यु भएको छ।

Share: