भूकम्पपीडितलाई सहयोग

207
0
Share:

काठमान्डौ/कोशी प्रदेशसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलले जाजरकोटका भूकम्पपीडितका निम्ति आर्थिक सहयोग गर्ने निर्णय गरेका छन् ।

 

नेपाली कांग्रेसका ३९ जना सदस्यले १५ दिनको पारिश्रमिक, नेकपा (एमाले) का प्रदेशसभा सदस्यका तर्फबाट रु पाँच लाख र राप्रपाका छ जनाले एक महिनाको पारिश्रमिक दिने निर्णय गरेका छन् ।

 

यसअघि कोशी प्रदेश सरकारले तत्काल राहत स्वरुप रु एक करोडका त्रिपाल, कम्बललगायत सामग्री प्रदान गरिसकेको छ ।

Share: