Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
विद्युत् प्राधिकरणले माग्यो विभिन्न तहका कर्मचारी (सूचनासहित) – Lekhanpeeth

विद्युत् प्राधिकरणले माग्यो विभिन्न तहका कर्मचारी (सूचनासहित)

292
0
Share:

काठमान्डौ/नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । शुक्रबार सूचना जारी गर्दै प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो।

 

प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ। ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो।

 

प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर मिटर रिडर, सहायक लेखापाल, फोरमेन, इलेक्ट्रिसियन र जुनियर मिस्त्री लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।

 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले मंसिर १४ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।

Share: