चितुवाको आक्रमणबाट भक्तपुरमा २ जना घाइते

266
0
Share:

काठमान्डौ/भक्तपुरको गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा ६५ वर्षीया अमृता पौडेल र ३३ वर्षीया संगिता आलेमगर रहेका छन् ।

 

उनीहरुको उपचार भइरहेको भक्तपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज बिहानै गठ्ठाघरस्थित प्रविन पेट्रोल पम्प पछाडि दुई वटा घरको चेपमा बसिरहेको अवस्थामा चितुवा देखिएको थियो ।

 

चितुवालाई डिभिजन वन कार्यालयले डार्ट प्रयोग गरी नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

Share: