Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्किँदा एक घर जलेर नष्ट – Lekhanpeeth

लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्किँदा एक घर जलेर नष्ट

374
0
Share:

काठमान्डौ/सदरमुकाम खाँदबारी नगरपालिका–१ हिमावी टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। गएराति लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्केर खाँदबारी–१ की लिला राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

 

प्रहरी निरीक्षक लामिछानेका अनुसार आगलागीबाट राईको घर पूर्ण रूपमा नष्ट भए पनि मानवीय क्षति भएको छैन। आगलागीबाट राईको घरमा राखेका लत्ताकपडा र खाद्यान्न जलेको प्रहरी निरीक्षक लामिछानेले बताए। ​

 

गएराति साढे ११ बजे लागेको आगा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले एक घण्टापछि नियन्त्रण लिएको प्रहरी निरीक्षक लामिछानेले बताए। आगलागीबाट नगद ३१ हजार रुपैयाँ पनि जलेको छ भने उनको घर परिसरमा पार्किङ गरी राखिएको एक अटो टेम्पोमा पनि आगोले क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। आगलागीबाट कति क्षति भयो भन्ने विवरण आई नसकेको प्रहरीले जनाएको छ।

Share: