दूरसञ्चार प्राधिकरणले काट्यो पत्र, टिकटक २४ घन्टामा बन्द हुने

284
0
Share:

काठमान्डौ/नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

 

दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले भने, ‘हामीलाई टिकटकलाई पनि इमेल लेखेका छौँ । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’

Share: