नेपालद्वारा हङकङलाई ५७ रनको लक्ष्य

217
0
Share:

काठमान्डौ/चार देश सम्मिलित टि-२० शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ५७ रनको लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १८ ओभरमा अल आउट हुँदै ५६ रन बनायो ।

 

नेपालका लागि रुविना क्षेत्रीले २५ रन बनाउनु एक मात्र दोहोरो स्कोरका रुपमा रह्यो। नेपाललाई सस्तैमा समेट्ने क्रममा हङकङकी इक्रा सहारले तीन विकेट लिँदा रुचिथा भेन्का‍टेसले दुई विकेट लिएकी थिइन् ।

 

केहीबेरपछि हङकङले जवाफी ब्याटिङ गर्दैछ । यसअघि नेपाल पहिलो खेलमा तान्जेनियासँग पराजित भएको थियो ।

Share: