दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

Share:

काठमान्डौ/दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड -२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३-०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड -३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो ।

 

दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

 

उनका अनुसार घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उक्त जिप नौगाड गाउँपालिकाले भाडामा लिएको जनाइएको छ ।

Share: