Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चीन–मंगोलिया सीमा बन्दरगाह व्यापारको मात्रा बढ्दै – Lekhanpeeth

चीन–मंगोलिया सीमा बन्दरगाह व्यापारको मात्रा बढ्दै

327
0
Share:

काठमान्डौ/चीन–मंगोलिया सीमामा रहेको सबैभन्दा ठूलो भूमि बन्दरगाह एरेनहोटले यस वर्ष आयात र निर्यात कार्गो मात्रामा वृद्धि भएको जनाएको छ ।

 

स्थानीय भन्सार कार्यालायले जनाएअनुसार उत्तरी चीनको भित्री मङ्गोलिया स्वायत्त क्षेत्रको बन्दरगाहले यस वर्ष शुक्रबारसम्म एक करोड ५० लाख टनभन्दा बढीको आयात र निर्यात कार्गो थ्रुपुट ह्यान्डल गरेको छ, जुन गत वर्षको तुलनामा ३३/४ प्रतिशतले बढी हो ।

 

बन्दरगाहबाट हुने आयात र निकासीमा मुख्यतया सवारीसाधन, सेलफोन, कोइला र काठ समावेश रहेको स्थानीय भन्सारका एकजना अधिकारीले जनाएका छन् । हालसम्म बन्दरगाहले १० भन्दा बढी देशहरूमा ६० भन्दा बढी विदेशी गन्तव्यहरू जोड्दै चीन–युरोप मालवाहक रेलहरूको १३ हजारभन्दा बढी यात्राहरू तय गरेको छ ।

Share: