Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
हमासद्वारा बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण – Lekhanpeeth

हमासद्वारा बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण

385
0
Share:

काठमान्डौ/हमासले बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको छ। आइतबार विज्ञप्ति जारी गरी गाजास्थित हमासको अल–कासम ब्रिगेड्सले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको हो।​

 

अस्थायी युद्ध विरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सात विदेशी नागरिक समेत १३ जना रिहा हुने बताएको थियो। यसअघि इजरायली डिफेन्स फोर्सेज ९आइडीएफ० ले आफ्नो एक्स ९ट्वीटर० अकाउन्टमार्फत दिएको जानकारीमा बन्धकको दोस्रो समूहका १७ जनालाई रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको थियो ।

 

यससँगै इजरायलले समेत थप ३९ जना प्यालेस्टिनी बन्दी रिहा गरेको जनाएको छ। कतारले मध्यस्थता गरेको इजरायल–हमासबीचको चार दिने अस्थायी युद्ध विराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरायली बन्धकहरूको तेबर संख्यामा इजरायलले प्यालेस्टिनी बन्दी छाड्ने गरेको छ।

 

शुक्रबार बिहानदेखि युद्ध विराम लागू भएपछि १३ महिला र बालबालिका बन्धकहरूको पहिलो समूह इजिप्ट हुँदै इजरायलतर्फ फर्किएको थियो।

Share: