Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा – Lekhanpeeth

प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Share:

काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुनसरीको रामधुनी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने, लेखा अधिकृत द्वारिकाप्रसाद दाहाल, इन्जिनियर देवेन्द्रनारायण चौधरी, सब-इन्जिनियर हर्षलाल चौधरी, योजना शाखाका सहायक पाँचौँ तहका सुनिलकुमार चौधरीसहित नौ जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।

 

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार तत्कालीन उपमेयर सबिनाकुमारी चौधरी, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, वडा नम्बर ३ का तत्कालीन वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ र जलपा सिद्ध निर्माण सेवा पकली सुनसरीका प्रोप्राइटर नानुकुमार निरौलाविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।

 

प्रवक्ता दाहालका अनुसार वडा नम्बर ३ स्थित रामधुनी गेटबाट रामधुनी मन्दिर जाने मूल सडक सिंगियादेखि वडा नम्बर ४ को लालपुर गाउँसम्म कालोपत्रे सडक निर्माणको काम भएको थियो। तर त्यहाँ भएको वास्तविक कामभन्दा बढी नापी किताबमा चढाएर भुक्तानी लिएको भन्ने आरोप थियो।

 

अख्तियारले अनुसन्धान गर्दा झुटा बिल, नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गरी दुई लाख १२ हजार ७३ रुपैयाँ बढी भुक्तानी लिएको खुलेको प्रवक्ता दाहालले बताए। उक्त रकम बिगो जफत गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ।

Share: