
काठमान्डौ/काठमाडौँको गौशालाबाट धर्मगुरु भनिने आचार्य श्रीनिवासलाई पक्राउ परेका छन् । दुर्गा प्रसाईँ पक्षले सोमबार गौशाला क्षेत्रमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनमा आचार्य श्रीनिवासले पनि बोलेका थिए।
प्रदर्शनकारीहरूले गौशाला चोकमा सडक अवरुद्ध गरेको र प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरेको भन्दै प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा आचार्य श्रीनिवासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।